शनिबार, साउन १६, २०८३

बझाङको मष्टा गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

बझाङको मस्टा गाउँपालिकाले ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

बझाङ- बझाङको मस्टा गाउँपालिकाले ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। 

आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्याक्रममार्फत ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिएको हो। 

सोही निर्णय अनुसार गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताका लागि आवेदन दिन अनुरोध गरेको छ। 

सूचना अनुसार ४० वर्ष पूरा भइ ६० वर्ष नपुगेका दलित पुरुष र ४० वर्ष पूरा भएर ६८ वर्ष पूरा नभएका गैर–दलित पुरुषलाई भत्ताका लागि आवेदन दिन सक्नेछन्।


प्रकाशित: Aug 01, 2022| 11:04 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।