आइतबार, जेठ ३, २०८३

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जामा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

पोखरा- कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जामा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

National life

मृत्यु हुनेमा कास्कीकै माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकका २७ वर्षीय नवराज नेपाली रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ।

पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग१७प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले आइतबार बेलुकी पौने ६ बजे ठक्कर दिएको थियो। ट्रक चालक भने फरार रहेका छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 01, 2022| 10:41 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।