प्यूठान- शनिबार दिउँसो स्वर्गद्वारीबाट फर्किंदै गरेको जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
बुटवलमा उपचाररत रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ निवासी ५४ वर्षीया कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नम्बर ३ निवासी ७० वर्षीया पटवारी कुहारको मृत्यु भएको प्रहरीले जनाएको छ।
लु३च ३५३ नम्बरको जीप दुर्घटनामा मायादेवी गाउँपालिका वडा नम्बर ३ निवासी ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो।