शनिबार, साउन १६, २०८३

पोखरामा पहिरोले घर पुरियो, एक जनाको मृत्यु

पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

कास्की- पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ।

गएरातिदेखिको वर्षापछि घरमाथिबाट पहिरो आएको कास्की प्रहरीले जनाएको छ। घरसँगै पहिरोमा पुरिएर सन्तोष सुनारको ज्यान गएको प्रहरीको भनाइ छ।

पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन्। सन्तोष सुनिताका भाइ हुन्।

सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिए। सुनिता र सिमन दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

प्रकाशित: Aug 01, 2022| 06:43 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।