आइतबार, जेठ ३, २०८३

पर्सामा मूर्तिसहित १८ वर्षीय युवक पक्राउ

पर्सा, वीरगन्ज महानगरपालिका–६ बस्ने १८ वर्षीय साहिलकुमार साहलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

वीरगन्ज- अवैध रूपमा मूर्तिसहित विभिन्न सामग्री ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले आइतबार वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ।

National life

चाँदीजस्तो देखिने धातुबाट बनेको साना मूर्तिहरू तथा कचौरासहित पर्सा, वीरगन्ज महानगरपालिका–६ बस्ने १८ वर्षीय साहिलकुमार साहलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

साहले बोकेको झोलाभित्र एक हजार एक सय छ ग्रामका साना मूर्तिहरू र चार सय मिलीग्रामका कचौरा फेला परेकाले निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।

छिमेकी भारत रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बिआर ०५ एएस २१६२ नम्बरको मोटरसाइकलमा सवार साहलाई रोकी तलासी लिँदा साहका साथबाट उक्त सामग्री बरामद गरिएको थियो। 

प्रकाशित: Aug 01, 2022| 06:11 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।