शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मलामी जाँदा खोलामा चिप्लिएर बेपत्ता भएका पुरुष मृत फेला

मलामी जाँदा खोलामा चिप्लिएर बेपत्ता भएका पुरुष मृत फेला

गुल्मीको मुसिकोट नगरपालिका–४ आरुपाटा बस्ने ५५ वर्षीय तुलबहादुर अधिकारीको शव आइतबार भेटिएको हो।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

तम्घास- मलामी जाँदा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका पुरुष मृतावस्थामा भेटिएका छन्। गुल्मीको मुसिकोट नगरपालिका–४ आरुपाटा बस्ने ५५ वर्षीय तुलबहादुर अधिकारीको शव आइतबार भेटिएको हो।

अधिकारी शनिबार साँझ साढे ४ बजे मलामी जाने क्रममा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका थिए।

बेपत्ता भएको खबर पाउनासाथ स्थानीयका साथसाथै प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको नेतृत्वमा गएको समूहले उनको खोजी गरेको थियो।

खोज्ने क्रममा आइतबार गुल्मीदरबार गाउँपालिका–२ तल्लो घोरहास्थित बडिगाड खोलाको बीचमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए।

प्रकाशित: Aug 01, 2022| 06:01 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।