शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बन्जी जम्पको रहर गर्दै ओलीले भने– उमेरले पो नदिने हो कि !

बन्जी जम्पको रहर गर्दै ओलीले भने– उमेरले पो नदिने हो कि !

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका छन्। आइतबार युवा संघले गरेको आयोजना कार्यक्रममा उनले आफूलाई बन्जी जम्पमा जान मन भएको सुनाएका हुन्।

टिकटकमा भिडियो देखेर आफूलाई बन्जी जम्प गर्न मन लागेको ओलीले सुनाए। तर, उमेरका कारण आफ्नो इच्छा पूरा हुन नसक्ने हो कि भन्ने चिन्ता उनले व्यक्त गरे।

ओलीले भने, ‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ। तर अलि उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ। डाक्टरलाई सोधेर जानुपर्छ।’ युवाले भने डाक्टरलाई नसोधी बन्जी जम्प गर्न सक्ने ओलीले बताए।

ओलीले गत फागुन ११ गते आफ्नो ७१ औं जन्मदिन मनाएका हुन्।

प्रकाशित: Jul 31, 2022| 19:03 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।