आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देश र जनताको हितमा गतिविधि अघि बढाऔं : सञ्चारमन्त्री कार्की

देश र जनताको हितमा गतिविधि अघि बढाऔं : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गतिलाई अझ तीव्रताका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन्।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गतिलाई अझ तीव्रताका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन्।

National life

अब निर्वाहमुखी भएर बस्ने छुट कसैलाई नभएको भन्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले उक्त आग्रह गरेका हुन्।

नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को पाँचौं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिबद्ध रहेको पनि दोहोर्‍याए। 

त्यस अवसरमा मन्त्री कार्कीले आफू भाषण नभई व्यवहारिक रूपमै पत्रकारहरूको साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरे। अबको दश वर्षपछि सुन्दर, सभ्य र समृद्ध राष्ट्रको नागरिक बन्ने गरी नेपालले अघि बढ्नुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले त्यस काममा मुलुकको पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। 

उनले भन्नु भने, ‘अबको दश वर्षपछिको नेपाल अन्तर्राष्ट्रिय जगतमा गएर हामी द्वन्द्व पीडित मुलुकको नागरिक हुन नपरोस्। हामी विकासोन्मुख दिशातर्फ अघि बढिरहेको देशको नागरिक भन्न नपरोस्। हामी सुन्दर, सभ्य, समृद्ध देशका नागरिक बन्न सकौं। यो अठोटका साथ हामी अगाडि बढौं।' 

मन्त्री कार्कीले कोभिड महामारीको बेलामा पनि पत्रकारलाई साथ दिएको भन्दै इञ्जाको प्रशंसासमेत गरे।

प्रकाशित: Jul 30, 2022| 14:49 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।