आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वर्गद्वारीबाट फर्कंदै गरेको जीप दुर्घटना, एक जनाको मृत्यु

स्वर्गद्वारीबाट फर्कंदै गरेको जीप दुर्घटना, एक जनाको मृत्यु

प्युठानको स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा शनिबार जीप दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

रूपन्देही- प्युठानको स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा शनिबार जीप दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ।

National life

स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु३च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका-३ निवासी ३२ वर्षिया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाईते भएका छन्। त्यसमध्ये ९ जनाको अबस्था गम्भीर छ। भिङ्ग्रीमा प्राथमिक उपचारपछि घाईतेहरुलाई बुट्वल रिफर गरिएको थापाले बताए।

रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्व गरेर शुक्रबार तिर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए। जीपमा १७ जना सवार थिए।

प्रकाशित: Jul 30, 2022| 14:34 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।