आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अभिव्यक्ति दिँदा पार्टीको मर्यादा ख्याल गरौं : प्रकाशमान सिंह

अभिव्यक्ति दिँदा पार्टीको मर्यादा ख्याल गरौं : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेता कर्ताले पार्टी अनुशासनको दायराभित्र बसेर अभिब्यक्ति दिनु पर्ने बताएका छन्।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेता कर्ताले पार्टी अनुशासनको दायराभित्र बसेर अभिब्यक्ति दिनु पर्ने बताएका छन्।

National life

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले कांग्रेसको कार्यकर्ता भएपछि उस्ले गर्ने गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै कार्यकर्तालाई जिम्मेवार बन्न सुझाव दिएका छन्।

पार्टीले गरेको निर्णयको पक्षमा सबै जना उभिन सके मात्रै पार्टी बलियो हुने उनको भनाई छ।

कांग्रेस पार्टी भित्रको एकता बलियो भएमात्रै मुलुकका सामु देखिएका चुनौती सामना गर्न सकिने उनले बताए।

नेता सिंहले भने,‘सार्वजनिक मञ्चबाट या सामाजिक सञ्जालबाट पार्टी निर्णय भन्दा फरक धारणा राख्दा व्यक्ति चर्चित होला तर कांग्रेस कमजोर हुने भएकाले यसप्रति सबै जिम्मेवार बन्नुपर्छ।’

प्रकाशित: Jul 30, 2022| 13:11 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।