आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फोहोरमैला व्यवस्थापनलाई असफल पार्ने गिरोह सक्रिय : मन्त्री श्रेष्ठ

फोहोरमैला व्यवस्थापनलाई असफल पार्ने गिरोह सक्रिय : मन्त्री श्रेष्ठ

संघीय सरकार स्थानीय तहमा फोहोरमैला व्यवस्थापन गर्ने सवालमा सहयोगका लागि तयार रहेको मन्त्री श्रेष्ठको दाबी।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं– पर्यटनमन्त्री जीवनराम श्रेष्ठले फोहोरमैलाको व्यवस्थापन हुन नसक्नुमा फोहोरभित्रकै गिरोहले भूमिका खेलेको दाबी गरेका छन्। शनिबार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। 

National life

उनले भने, ‘फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैलाभित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेका छन्। स्थानीय तहले नै फोहोरमैलालाई स्रोतबाटै व्यवस्थापन गर्नुपर्छ।’

स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने सवालमा संघीय सरकार सहयोगका लागि तयार रहेको मन्त्री श्रेष्ठको भनाइ छ। उनले पर्यटन मन्त्रालयले फोहोरमैला समस्या समाधानका लागि मठमन्दिरमा सरसफाइ गर्न राष्ट्रिय अभियान थाल्न लागेको जानकारी दिए। सरसफाइको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारबीचमा समन्वय आवश्यक रहेकामा उनले जोड दिए।

सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सरसफाइमा ध्यान दिइने उनले बताए। उनले सिंहदरबारबाट स्थानीय र प्रदेश सरकारमा अधिकार गइसकेको विषय नागरिकलाई बुझाउनुपर्ने धारणा व्यक्त गरे।

उनले भने,  ‘अहिले पनि प्रदेश सरकार छ, स्थानीय तह बलियो छ भन्ने कुरा धेरैलाई अनुभूति नै भएको छैन। सबै सिंहदरबार मात्रै जान खोज्छन्। सिंहदरबारमै बजेट माग्न जानुपर्छ भन्ने सोच छ।’

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेकाले  विकासका लागि बजेट माग्न आग्रह गरे। उनले काठमाडौंको विकासका लागि नयाँ ढंगले बहस गर्न आवश्यक रहेको बताए।

प्रकाशित: Jul 30, 2022| 12:46 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।