शनिबार, साउन १६, २०८३

मध्यरातमा हिरासतकी महिलालाई असईले कोठामा लगेपछि...

मध्यरातमा हिरासतकी महिलालाई कोठामा लैजाने असईविरुद्ध बलात्कार मुद्दा दायर गरिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईंविरुद्ध बलात्कार मुद्दा दर्ता भएको हो।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

दाङ- मध्यरातमा हिरासतकी महिलालाई कोठामा लैजाने असईविरुद्ध बलात्कार मुद्दा दायर गरिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईंविरुद्ध बलात्कार मुद्दा दर्ता भएको हो। 

बाँके जिल्ला प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं विरूद्ध बलात्कार मुद्दा दायर गरेको बताए।

उनीमाथि कानुन अनुसार कारबाही प्रक्रिया सुरु हुने न्यौपानेले जानकारी दिए। साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई शुक्रबार बिहान २ बजे (मध्यराति) निकाल्न लगाएर असईं चौलागाईंले आफ्नो कोठमामा पुर्‍याई यौन दुर्व्यवहार तथा बलात्कार गरेको आरोप पछि पक्राउ परेका थिए।  

चौलागाईंले डिउटीका प्रहरीलाई भनेर ती महिलालाई मध्यरातमा निकालेर सोधपुछको वहानामा भवनको माथिल्लो तलमा रहेको आफ्नो कोठामा लगेका थिए। 

थुनुवा कक्षमा होहल्ला भएपछि ती महिलालाई असईं चौलागाईंले फर्काएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 30, 2022| 11:50 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।