शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पासोमा अल्झिएको चितुवाको आक्रमणबाट बैतडीमा एक जना घाइते

पासोमा अल्झिएको चितुवाको आक्रमणबाट बैतडीमा एक जना घाइते

बैतडीमा बँदेलका लागि थापेको पासोमा अल्झिएको चितुवाको आक्रमणमा परी एक जना घाइते भएका छन्।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

बैतडी- बैतडीमा बँदेलका लागि थापेको पासोमा अल्झिएको चितुवाको आक्रमणमा परी एक जना घाइते भएका छन्। मेलौली नगरपालिका-२ कोटका ६८ वर्षीय गणेश चन्द पासोमा परेको चितुवाको आक्रमणबाट घाइते भएका हुन्। 

उनको हात र घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ। चितुवाले खोरबाट बाख्रालाई लेखेटेर लगेको र छुटाउन जाँदा बँदेलका लागि थापेको पासोमा अल्झिएको प्रहरीको भनाइ छ। 

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। केहिबेर पासोमा फसेको चितुवा फुत्केर जंगलतर्फ भागेको स्थानीयले बताएका छन्।

प्रकाशित: Jul 30, 2022| 11:37 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।