आइतबार, जेठ ३, २०८३

पर्साका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएनन्

पर्साका विभिन्न स्थानीय तहमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन्।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

पर्सा– पर्साका विभिन्न स्थानीय तहमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन्।

National life

जिल्ला निर्वाचन कार्यालय, पर्साका अनुसार पर्सामा गत स्थानीय चुनावमा तीन हजार चार सय ५८  उम्मेदवार बनेकामध्ये १ दशमलव २७ प्रतिशतअर्थात् ४४ ले मात्र खर्च विवरण पेश गरेका छन्। जिल्लाका १४ पालिकामा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका तीन हजार चार सय ५८ मध्ये ४४ ले मात्र निर्वाचन खर्च पेश गरेका हुन्।

नियमअनुसार तोकिएको समयभित्र चुनाव खर्च विवरण पेश नगर्दा हरेक उम्मेदवारलाई जनही रु पाँच हजार जरिवाना हुनसक्ने नियम छ। पर्सामा वीरगञ्ज  महानगरपालिका, तीन नगरपालिका र दश गाउँपालिका रहेका छन्।

निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सबै उम्मेदवारले निर्वाचन खर्च पेश गर्नुपर्ने कानुनी प्रावधान छ।

प्रकाशित: Jul 30, 2022| 10:50 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।