शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छात्रामा विरामी भएपछि दार्चुलामा विद्यालय पाँच दिनका लागि बन्द

छात्रामा विरामी भएपछि दार्चुलामा विद्यालय पाँच दिनका लागि बन्द

छात्रामा अज्ञात रोगर देखेर विरामी पर्न थालेपछि दार्चुलाका विद्यालय बन्द गरिएको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- छात्रामा अज्ञात रोगर देखेर विरामी पर्न थालेपछि दार्चुलाका विद्यालय बन्द गरिएको छ।

अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका अध्ययनरत छात्रामा एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रूने, कराउने तथा भीडभाडदेखि डराउने लक्षणहरू देखिएपछि विद्यालय १३ गतेदेखि बन्द गरिएको छ।

छात्राको स्वास्थ्य अवस्थामा सुधार भए साउन १७ गतेदेखि विद्यालयको पठनपाठन सुचारू गरिने विद्यालयका प्रधानाध्यापक खडकसिंह लोथ्यालले बताए।

विद्यालय बन्द भएपछि साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। छात्राको स्वास्थ्यमा देखिएको समस्याबारे बुझ्ने काम भइरहेको प्राधानाध्यापक लोथ्यालको भनाइ छ।

प्रकाशित: Jul 30, 2022| 10:30 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।