शनिबार, साउन १६, २०८३

काठमाडौंमा गरियो १८ हजार कुकुरको बन्ध्याकरण

काठमाडौं महानगरपालिकामा १८ हजार कुकुरको बन्ध्याकरण गरिएको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकामा १८ हजार कुकुरको बन्ध्याकरण गरिएको छ। 

‘द जाने गुडल इन्स्टिच्युट’को सहयोगमा कुकुरको बन्ध्याकरण गरिएको हो। २०१६ देखि अहिलेसम्म १८ हजार कुकुरको बन्ध्याकरण गरिएको महानगरले जनाएको छ।

हालसम्म २२ हजार कुकुरलाई रेबिजविरुद्ध खोप लगाइएको महानजरले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ।

जनावर, वातावरण संरक्षण तथा समाज कल्याणका क्षेत्रमा क्रियाशील उक्त इन्स्टिच्युटले कुकुर व्यवस्थापनका लागि महानगरका सबै वडामा वडाध्यक्षको नेतृत्वमा समिति गठन गरी काम गर्दै आएको छ।इन्स्टिच्युटले मानव स्वास्थ्य, बालमनोविज्ञान तथा वातावरण जोगाउनका लागि चेतनामूलक कार्यसमेत गर्दै आएको छ।

रेबिजको आशंका गरिएको ५०० कुकुरको परीक्षण गरिएको महानगरपालिकाले जानकारी दिएको छ। महानगरपालिकाले चालु आर्थिक वर्षमा कुकुर व्यवस्थापनका लागि एक करोड ६० लाख बजेट विनियोजन गरेको छ।

प्रकाशित: Jul 30, 2022| 09:00 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।