बुधबार, फागुन २०, २०८२

मस्कोमा १५ तले भवनमा आगलागी, ८ जनाको मृत्यु

मस्कोको एउटा १५ तले भवनमा गए राति आगलागी हुँदा आज जनाको मृत्यु भएको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- मस्कोको एउटा १५ तले भवनमा गए राति आगलागी हुँदा आज जनाको मृत्यु भएको छ। 

दक्षिणपूर्वी जिल्लाको एक भवनमा आगलागी हुँदा आठ जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले आगलागीमा परी घाइते भएका चार जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ।

भवनको भुइँ तल्लाबाट आगलागी भएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मध्यरातपछि मात्रै आगो नियन्त्रणमा आएको थियो।

आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएका थिए। भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकाले त्यहीभित्र मानिस फसेको आपत्कालीन सेवाका एक अधिकारीले बताएका छन्।

प्रकाशित: Jul 30, 2022| 09:10 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।