शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

साफ यु-२० च्याम्पियनसिप : फाइनलभन्दा एक कदम टाढा नेपाल

प्रतियोगिताको साविक विजेता भारतलाई प्रतियोगितामा सबैभन्दा बलियो टिम मानिएको थियो। तर पहिलो खेलमै पराजित भएसँगै आइतबार हुने भारतविरुद्धको खेलमा नेपालले जित निकाल्ने सम्भावना बलियो छ।
 |  शुक्रबार, साउन १३, २०७९
nespernesper

शिशिर बस्नेत

शिशिर बस्नेत

शुक्रबार, साउन १३, २०७९

काठमाडौं– साफमा यू–२० मा नेपाली समर्थकमाझ फेरि खुसीको रंग थपिएको छ। प्रतिद्वन्द्वी फरक, प्रदर्शन उही, जर्सी फरक, नतिजा उही। नेपालको पहिलो खेलको रातो जर्सीमा जुन चहलपहल देखिएको थियो, दोस्रो खेलको नीलो जर्सीमा पनि त्यसले निरन्तरता पायो।

himalayan bank box

'गोर्खाली हौँ। अन्तिमसम्म हार नमानी लड्छौं' भन्ने साहसका साथ कप्तान तथा अन्य युवा खेलाडीले निरन्तर आफ्नो परीक्षा मात्रै पास गरेनन्, तिनले समर्थकको पनि मन जितिरहेका छन्। अहिले सबै समर्थकले युवा टोलीको फोटो तथा भिडियो सञ्चार माध्यममा राख्ने क्रम बढ्दो छ। सोही कारण यतिबेला  सामाजिक सञ्जालमा छाइरहेका छन्, उनीहरू।

लगातारको जितपछि प्रशिक्षक मेघराज केसी प्रदर्शनलाई लिएर उत्साहित भएको बताउँछन्। ‘हामीले सोचेजस्तो प्रदर्शन गर्न सफल भइरहेका छौं। फिनिसिङ लाइन केही चुके पनि निरन्तरको प्रयासपछि त्यसमा सुधार भएको छ,' केसीले भने, 'यसले गर्दा प्रतियोगितामा हामीले राम्रो प्रदर्शन गर्न सफल भएका छौं। हाम्रो टिम बलियो छ। सबैले उच्च मनोबल तथा हौसलाका साथ खेलिरहेका छन्।’ उनले एक खेलअगावै फाइनल पुग्न चाहेको बताएका छन्।

प्रतियोगितामा लगातारको जितसँगै नेपाल फाइनभन्दा अब मात्रै एक कदम टाढा छ, अर्थात्, नेपाललाई एक खेल जित्दा फाइनल पुग्ने पहिलो टिम बन्ने अवसर छ। नेपालले आइतबार भारतविरुद्ध खेल्दै छ। भारत प्रतियोगिताको साविक विजेता टिम हो। भारतलाई प्रतियोगितामा सबैभन्दा बलियो टिम मानिएको थियो। तर पहिलो खेलमै पराजित भएपछि भारतको शीर्ष दुईको सम्भावना कमजोर भएको छ। 

साविक विजेता भारत शीर्ष दुईमा रहँदै फाइनल पुग्ने लक्ष्यमा नेपालले बाधा पुर्‍याउने देखिएको छ। पहिलो खेलमै बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएपछि भारतलाई प्रतियोगिताको फाइनलमा स्थान बनाउन सकस भएको हो। यदि नेपालले भारतलाई पराजित गरेको अवस्थामा नेपाल एक खेलअगावै फाइनल पुग्ने सम्भावना बलियो छ भने भारतको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ।

Metro Mart
vianet

नेपालले शनिबारको खेलमा भारतलाई हराए भारतसँग बंगलादेशसँग बराबरी मात्रै गरे पनि फाइनलको बाटो खुला रहनेछ। तर नेपाल शनिबार भारतसँग पराजित भएको अवस्थामा भने नेपालले अन्तिम खेलमा बंगलादेशसँगको खेल नै निर्णायक हुनेछ। 

प्रतियोगिताको साविक विजेता भारतलाई प्रतियोगितामा सबैभन्दा बलियो टिम मानिएको थियो। तर पहिलो खेलमै पराजित भएसँगै शनिबार हुने भारतविरुद्धको खेलमा नेपालले जित निकाल्ने सम्भावना बलियो छ। 

नेपाललाई एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गर्ने हो भने शनिबार (आज) को खेल जित्नैपर्ने दबाब छ। नेपालले यसअघि खेलेका माल्दिभ्स र श्रीलंका तुलनात्मक रूपमा कमजोर टिम हुन्। उनीहरू प्रतियोगितामा पहिलो जितको खोजीमा छन्।

नेपालले खेल्न बाँकी दुई खेल भारत र बंगलादेश बलिया टोली हुन्। यसले गर्दा पनि नेपालले अबका खेलमा कस्तो प्रदर्शन गर्छ, सुरुआत दुई खेलको प्रदर्शनलाई निरन्तरता दिन्छ/दिँदैन, यी कुरा हेर्न भने बाँकी छ। तर प्रतियोगितामा शानदार प्रदर्शन गर्दै आएको नेपाल सबैभन्दा राम्रो लयमा रहेको टिम हो। यसले गर्दा भारतलाई पनि नेपालविरुद्धको खेल खेल्न सहज पक्कै हुने छैन।

प्रतियोगितामा सहभागी टिमको प्रदर्शन हेर्दा नेपाल र बंगलादेश सबैभन्दा बलियो टिमका रूपमा देखिएका छन्। दुवै टोलीले प्रतियोगितामा समान दुई–दुई खेल खेल्दै ६ अंक जोडेका छन्। तर नेपाल गोअन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा रहेको छ। यसले गर्दा नेपाल र बंगलादेशलाई उपाधि दावेदारका रूपमा पनि हेरिएको छ। बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गर्दै वियजी सुरुआत गरेको थियो।

श्रीलंकाविरुद्ध नेपालले खेलेको दोस्रो खेलमा ३–० को शानदार जित निकालेको थियो। यसबाट पनि नेपाल बंगलादेशभन्दा केही बलियो छ भन्ने अनुमान लगाउन सकिन्छ। बंगलादेशले उसको दोस्रो खेलमा साविक विजेता भारतलाई पराजित गरेको थियो।

प्रतियोगितामा खेलेका दुवै खेलमा पराजित भएको श्रीलंकाको भने फाइनल पुग्ने सपनामा पूर्णविराम लागिसकेको छ। बंगलादेश र नेपालसँग पराजित भएपछि उसको सम्भवना सकिएको हो। त्यस्तै, माल्दिभ्सको पनि शीर्ष दुईमा पर्ने सम्भावना निकै कमजोर देखिएको छ। एसले पनि प्रतियोगितामा जित दर्ता गर्न सकेको छैन। 

भारतविरुद्धको खेल सकिएपछि नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग खेल्दै छ।

नेपाल २ खेलबाट ६ अंकसाथ अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको बंगलादेशको समान ६ अंक रहेको छ। भारत, माल्दिभ्स र श्रीलंका भने अंकविहीन रहेका छन्। नेपालले  बंगलादेशसँग २ अगस्तमा खेल्नेछ भने फाइनल खेल ५ अगस्तमा हुनेछ।

नेपाली टोली

गोलरक्षक: ईश्वर गुरुङ, युनेश चौधरी र जियारथ शेख

डिफेन्डर: अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा

मिडफिल्डर: दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान

फर्वाड: रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी

प्रकाशित: Jul 29, 2022| 18:57 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।