बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिपको लागि राष्ट्रिय टिमको जिम्मेवारी महर्जनलाई 

साफ च्याम्पियनसिपको लागि राष्ट्रिय टिमको जिम्मेवारी महर्जनलाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ देखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ।

एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल आउन नसक्ने भएपछि जिम्मेवारी महर्जनलाई सुम्पने निर्णय गरेको हो। साफ च्याम्पियनसिपका लागि सहायक प्रशिक्षक रहँदै आएका महार्जनलाई कार्यवाहक जिम्मेवारी दिइएको हो।

इन्डोनेसियामा जारी फुटबलको समूह चरणबाटै बाहिरिएको यू २३ टोली सोमबार राती स्वदेश फर्कदा कोजी साथमा फर्केका थिएनन् आएनन्। नेपालको भिसा नभएका कारण उनी नआएका हुन्। 

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीले बुधबारबाट प्रशिक्षण थालिसकेको छ। एसियाडमा सबै तीन खेल गुमाउँदै नेपाली युवा टोली स्वदेश फर्केको थियो। इन्डोनेसिया जानुअघि टोलीले थाइल्यान्डमा दुई अभ्यास खेल खेलेको थियो। जसमा सिनियर टोलीका केही खेलाडी सामेल थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।