काठमाडौं- श्रीलंका भ्रमणमा रहेको नेपालले आफ्नो पहिलो अभ्यास खेलमा सुखद शुरुवात गरेको छ। नेपालले बुधबार श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग भएको खेलमा ६७ रनले विजय भएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८.४ ओभर मा सबै विकेट गुमाउदै १ सय ९४ रनको जोडेको थियो। १ सय ९५ रनको लक्ष्य पछ्याएको आर्मी क्लबले ३६ औं ओभरमा सबै विकेट गुमाउदै १२७ रन मात्र बनाउन सिक्यो।
नेपालका लागि तिव्र गतीका बलर सोमपाल कामी र बसन्त रेग्मीले समान ३ विकेट लिए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले दुई तथा ललित भण्डारी र ललित राजवंशीले समान एक एक विकेट लिए।
यसअघि नेपालका लागी चौथो ब्याट्सम्यानका रुपमा मैदान छिरेका आरिफ सेखले नटआउट रहदै अर्धसतकिय पारी खेलेका थिए। आरिफले धरमराएको नेपाली ब्याटिङलाई उकास्ने प्रयास गरे।
उनले ११८ बल खेल्दै ८९ रन जोडेका थिए। त्यस्तै ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुँदा, विनोद भण्डारी र बसन्त रेग्मीले समान १६-१६ रन जोडे। रोहित कुमार पौडेलले १२, ललित भण्डारीले ११ तथा ओपनर सुवास खकुरेलले १० रान जोड्न बाहेक अन्ये ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन।
राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्का र स्पीनर बलर सन्दिप लामिछाने भने मैदानमा थिएनन्। यतिखेर एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अभ्यासका लागि सोमबार नै श्रीलंका पुगेको थियो। नेपालले दोस्रो अभ्यास खेल शुक्रबार ब्लोमफिलडसँग खेल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४