बिहीबार, साउन ७, २०८३

भारोत्तोलनका कमलको नयाँ राष्ट्रिय कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इन्डोनेसिया- इन्डोनेसियाको जाकार्तामा जारी १८ औं एसियाड अन्तर्गतको पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान बनाएका छन्। 

उनले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एन्ड जर्कमा १६० केजी गरी कुल २७९ केजी भार बहन गर्दै तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। 

यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एन्ड जर्कमा १५५ को नयाँ कीर्तिमान बनाएका थिए । मंगलबार मात्रै महिलाको ५३ केजीमा सञ्जु चौधरीले तीन राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

समूह ‘बी’ मा कामल छैटौं स्थानमा रहे । भोलि विकास थापाले ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि २६ अगष्टमा तारादेबी पुनले ७५ केजीमा भाग लिनेछिन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।