बिहीबार, असोज २२, २०८३

बेलायतबाट पर्दा उघार्दै गोर्खा : बिनिथ द ब्रेभरी

भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं–नेपाली गोर्खा सैनिकले चिनाएको देश बेलायतबाट नेपाली फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ। २९ जुलाई २०२२, शुक्रबारबाट बेलायतका विभिन्न सहरमा फिल्म प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले बताएका हुन्।

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस पाउने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएकाले फिल्मलाई सबैभन्दा पहिला गोर्खा सैनिक बस्ने देशमा प्रदर्शन गर्न लागिएको उनको भनाइ छ। यो फिल्म सेप्टेम्बरदेखि फल्कल्यान्ड आइल्यान्डमा पनि प्रदर्शन हुने भएको छ।

फिल्मले उठाएको ब्रिटिस आर्मीसँगको ऐतिहासिक कथावस्तुका कारण बीएफबीएस सिनेमाघर युके आर्मी सिनेमामा पनि फिल्म प्रदर्शन हुने निर्देशक शाहीले बताए। बेलायत प्रदर्शनमा फिल्मलाई ह्ययाम्पसायर एकाउन्टेन्टले प्रायोजन गरेको छ भने कुकुरी रमले प्रमोसनमा सघाएको छ।

आगामी भदौ २४ बाट नेपालमा प्रदर्शनमा आउन लागेको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ। फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन्। लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रूपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन्। नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको अमेरिका, बु्रनाई, सिंगापुर र अस्ट्रेलियामा पनि स्क्रिनिङ हुनेछ। नेपालमा फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

निर्देशक शाहीले जोखिम मोलेरै विश्व शान्तिका लागि लड्ने पुर्खालाई श्रद्धा अर्पण गर्न फिल्म निर्माण गरेको बताएका छन्। निर्माता सुवेदीले गोर्खालीको सत्य घटनामा आधारित फिल्ममा जोडिन पाउनु सौभाग्य रहेको प्रतिक्रिया दिए।

फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुति पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भीएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ।

सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिस सेनाले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए। उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीन अलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते भए पनि बाँच्न सफल भए।

घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितको उद्दारमा खटिए। यही घटनापछि उनलाई गोर्खाका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो। उनै कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।

प्रकाशित: Jul 31, 2022| 07:32 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।