आइतबार, जेठ ३, २०८३

बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न पुनः अवरोध

महानगरबाट फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडी स्थानीयले अवरोध गरेपछि बाटोमै रोकिए।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

National life

काठमाडौं– उपत्यकाको फोहोर विसर्जन स्थल धादिङको बञ्चरेडाँडाका स्थानीयले काठमाडौं महानगरका फोहोर बोकेका गाडी रोकेका छन्। महानगरबाट फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडीलाई स्थानीयले अवरोध गरेपछि बाटोमै रोक्नुपरेको काठमाडौं महानगरका नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले बताए।

महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडा पुग्न सकेका छैनन्। काठमाडौं महानगरले एक सातादेखि नउठाएको फोहोर बिहीबारदेखि उठाइने सूचना जारी गरेको थियो। बिहीबार बिहानैदेखि फोहोर संकलन थालेर बञ्चरेडाँडामा विसर्जन गर्न लगिँदै थियो।

फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडा पुग्ने  सडक निर्माण भइरहेकाले महानगरले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो। स्थानीयले अवरोध गरेपछि एक सातापछि उठ्न सुरु भएको फोहोर पुनः महानगरकै सडकमा थुप्रिने आशंका बढेको छ। स्थानीयले सडक निर्माण पूरा नहुँदासम्म फोहोर ल्याउन नदिइने बताएका छन्।

प्रकाशित: Jul 28, 2022| 12:17 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।