बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इराकमा पनि श्रीलंकाको झल्को, संसद् भवनमा पसे प्रदर्शनकारी

इराकमा पनि श्रीलंकाको झल्को, संसद् भवनमा पसे प्रदर्शनकारी

इराकको बग्दादस्थित संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका छन्। अति संरक्षित ग्रिन जोनमा रहेको अवरोध तोडेर बुधबार सयौं मानिस इराकको संसद्मा पुगेका हुन्।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– इराकको बग्दादस्थित संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका छन्। अति संरक्षित ग्रिन जोनमा रहेको अवरोध तोडेर बुधबार सयौं मानिस इराकको संसद्मा पुगेका हुन्।

प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्मगुरु मोक्तादा अल सद्रका समर्थक संसद् भवन प्रवेश गरेको बीबीसीले जनाएको  छ। ९ महिनाअघि इराकीहरूले आफ्नो पछिल्लो आमचुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर गतिरोध आएको छ।

देशको नयाँ प्रधानमन्त्री र राष्ट्रपति को हुने भन्नेमा देशका राजनीतिक गुटबीच सहमति हुन सकेको छैन। प्रधानमन्त्रीका लागि पछिल्लो नामांकनले आक्रोशित प्रदर्शनकारी संसद् भवन प्रवेश गरेपछि नाराबाजी र रमाइलो गरेका थिए।

हालैमात्र श्रीलंकामा प्रदर्शनकारीहरु राष्ट्रपति निवासमा पसेर रमाइलो  गरेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा राष्ट्रपति निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले स्वीमिङ खेल्नुका साथै चिया पिइरहेको दृश्य देखिएको थियो। कोही भने राष्ट्रपति सुत्ने बेडमा तस्बिर खिचाइरहेका थिए। केही दिनपछि मात्र सुरक्षाकर्मीले बल प्रयोग गरी राष्ट्रपति निवास खाली गरेका थिए।


प्रकाशित: Jul 28, 2022| 11:58 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।