तम्घास- गुल्मीमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३७ वर्षीय भूपाल अधिकारी रहेका छन्।
जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ४ का अधिकारीले बालिकालाई साउन १० गते साँझ ७ बजे जबरजस्ती करणी गरेको आरोपमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
अधिकारीले बालिका फुपूको घरमा गएको समयमा ललाई फकाई एकान्तमा लगेर जवरजस्ती करणी गरी फरार बनेका थिए। उजुरीपछि आरोपितलाई प्रहरीले पक्राउ गरेको हो।