आइतबार, जेठ ३, २०८३

बागलुङमा जडीबुटी निकासी घट्दो

अघिल्लो वर्षको तुलनामा जडीबुटी संकलन र निकासी दुवै घटेको हो।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

बागलुङ- प्राकृतिक उत्पादनमा निर्भर रहेको बागलुङमा जडीबुटी निकासी घट्दै गएको छ। अघिल्लो वर्षको तुलनामा जडीबुटी संकलन र निकासी दुवै घटेको हो। कोरोना महामारीअघि फैलाउँदै गएको जडीबुटीको संकलन र निकासी पछिल्लो दुई वर्षमा घटेको पाइएको छ। 

National life

डिभिजन वन कार्यालयको तथ्यांकअनुसार बागलुङबाट विभिन्न १९ प्रजातिका जडीबुटी संकलन र निकासी हुने गरेको छ। कोरोना महामारीअघि ७० हजार किलोभन्दा बढी संकलन तथा निकासी भएको जडीबुटी कोरोना महामारीपछि आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार पाँच किलो मात्रै संकलन भएको थियो। उक्त जडीबुटीबाट डिभिजन वन कार्यालयले रु चार लाख ८७ हजार दुई सय ९० राजस्व संकलन गरेको थियो। 

आव २०७८/७९ मा त्यो संख्या अझै घटेको छ। बितेको एक वर्षमा ४५ हजार एक सय ५४ किलो मात्रै जडीबुटी संकलन भएको छ। डिभिजन कार्यालयका अनुसार यो अवधिमा रु चार लाख ५४ हजार राजस्व संकलन भएको छ। 

सर्वसाधारणलाई जडीबुटीको विषयमा जानकारी कम हुनु, उत्पादन बढाउन नसकिनु र प्राकृतिक उत्पादनमा मात्रै भर पर्नुपरेका कारण उत्पादनमै गिरावट आएको अधिकारीले बताए। राजस्वको अंक हेर्दा धेरै फरक परेको नदेखिए पनि उत्पादन अंक निकै घटेको उनले बताए। चोरी बाटोबाट निकासी भएको जडीबुटीको विषयमा भने सम्बन्धित निकाय बेखबर छन्।

बागलुङबाट गत आवमा सेतो चिनी नौ हजार पाँच सय किलो, रातो च्याउ नौ सय ९० किलो, सुगन्धावाल एक हजार ३० किलो, पाषणवेद चार हजार चार सय किलो र  ठुलो ओखती एक हजार तीन सय २० किलो निकासी भएको छ। रासस

प्रकाशित: Jul 28, 2022| 10:53 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।