सोमबार, जेठ ४, २०८३

बाढीले पाइप बगाएपछि म्याग्दीमा खानेपानीको समस्या

स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याएर सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधे खोलामा आएको बाढीले क्षति पुर्याएको हो
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

म्याग्दी- म्याग्दीको दुधे खोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगर फाँटमा खानेपानीको हाहाकार भएको छ।

National life

यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो। स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याएर सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधे खोलामा आएको बाढीले क्षति पुर्याएको हो।  बगर फाँटमा पुनः खानेपानीको हाहाकार भएको छ। दुई सय आठ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ। यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी पिउन बाध्य भएको स्थानीय ओमकुमारी शर्माले बताए।  

दुई सय १४ घरधुरी रहेको बगर फाँटमा नौ दिनदेखि खानेपानीको समस्या भएको छ। विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगर फाँटका २८ धारामा वितरण गरिएको थियो।

५४ लाखको लागतमा बगर फाँट खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको हो। यस वर्ष पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगर फाँट खानेपानी तथा सरसफाइ आयोजनाका हेरालु हरि कार्कीले बताए। वर्षा रोकिएपछि मात्र मर्मत कार्य अघि बढाइने उनको भनाइ छ। 

प्रकाशित: Jul 28, 2022| 10:45 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।