आइतबार, साउन १७, २०८३

गुल्मीमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु

गुल्मीमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- गुल्मीमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ। 

मुसीकोट नगरपालिका-२ देउरालीमा हिजो साँझ ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको हो। मालिका गाउँपालिका-२ का २२ वर्षीय दीपक परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु२त ५६०३ नम्बरको ट्याक्टरबाट हिजो साँझ ६ बजे उनी खसेका थिए। 

गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा गएराति २ बजे मृत्यु भएको थियो।

प्रकाशित: Jul 28, 2022| 09:10 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।