आइतबार, साउन १७, २०८३

झापामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- झापमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।

बुधबार साँझ साढे ५ बजे कमल गाउँपालिका-५ स्थित सडकमा बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले ठक्कर दिंदा पाँचथर तुम्बेवा गाउँपालिका-५ का संजिप इम्सङ लिम्बुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अन्दाजी १६ वर्षीय संजिवको घटनास्थलमै मृत्यु भएको हो।

टिपर चालक मकवानपुरका ३१ वर्षीय सुजन वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 28, 2022| 07:50 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।