आइतबार, साउन १७, २०८३

चितवनको माडी क्षेत्रमा भारी वर्षा

चितवनको माडी क्षेत्रमा भारी वर्षा भएको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- चितवनको माडी क्षेत्रमा भारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको सूचनामा चितवनको माडी क्षेत्रको छरछरे, कल्याणपुर, बनकट्टा, गोविन्दबसेती र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको जनाएको छ। 

भारी वर्षा भएका कारण सो क्षेत्र भइ बहने रिउखोला र अन्य खहरेखोलमा आकस्मिक बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ। उक्त क्षेत्रमा थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ।

प्रकाशित: Jul 28, 2022| 07:14 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।