आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै, उच्च राजनीतिक भेटवार्ता गर्ने

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै, उच्च राजनीतिक भेटवार्ता गर्ने

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमण आउने भएका छन्। लु बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमण आउने भएका छन्। लु बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ।

नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो। 

काठमाडौं बसाइका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायत  उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

यसअघि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता अनुमोदन हुनुअघि पनि लू नेपाल भ्रमणमा आएका थिए।

नेपालले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही समयपछि उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। 

प्रकाशित: Jul 28, 2022| 06:56 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...