शनिबार, मंसिर ६, २०८२

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा

प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ।

National life

बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिँदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो। एलेक्जान्ड्रा पोपले खेलको ४०औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन्।

पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्माघाती गोल गर्दा फ्रान्स १-१ को अवस्थामा आइपुग्यो। ७६औं मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिश्चित गरिन्।

अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ। अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ। फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुनेछ।

प्रकाशित: Jul 28, 2022| 06:49 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।