बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानद्वारा तीन महिनामा चार करोड अमेरिकी डलरभन्दा बढीको निर्यात

अफगानिस्तानद्वारा तीन महिनामा चार करोड अमेरिकी डलरभन्दा बढीको निर्यात

मार्च २१ देखि शुरु भएको फारसी क्यालेण्डर अनुसार सम्बत् १४०१ को पहिलो तीन महिनामा अफगान निर्यातको मात्रा चार करोड अमेरिकी डलरभन्दा बढी पुगेको एक स्थानीय सञ्चार माध्यमले बुधबार जनाएको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काबुल- मार्च २१ देखि शुरु भएको फारसी क्यालेण्डर अनुसार सम्बत् १४०१ को पहिलो तीन महिनामा अफगान निर्यातको मात्रा चार करोड अमेरिकी डलरभन्दा बढी पुगेको एक स्थानीय सञ्चार माध्यमले बुधबार जनाएको छ।

टोलोन्युजले अफगानिस्तान चैंबर अफ कमर्स एण्ड इन्भेष्टमेन्ट प्रमुख मोहम्मद योनस मोहम्मदको भनाइ उद्धृत गर्दै बताएअनुसार यस अवधिमा देशले झन्डै १९ हजार टन ताजा फलफूल र करिब १८ लाख टन कोइला निर्यात गरेको छ जसको मूल्य चार करोड अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ।

ताजा र सुख्खा फलहरू मिलेर बनेको अफगानिस्तानको प्रमुख निर्यात प्रायजसो भारत र पाकिस्तानमा र कोइला पूर्णतया पाकिस्तानमा निर्यात गरिन्छ।

अफगानिस्तानले ताजिकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानलगायत मध्य एसियाली देशहरूमा आफ्नो निर्यात बढाउने प्रयास गर्दै आएको छ।

यसैक्रममा अफगान व्यापारीहरूले केन्द्रीय सरकारसँग अवरूद्ध एअर करिडरलाई पुनः सञ्चालनमा ल्याउन र चीन, युरोप र अरब मुलुकमा पुनः निर्यातका लागि गृहकार्य थाल्न माग गर्दै आएका छन्।

kumari

रिपोर्टअनुसार गत बर्ष अफगानिस्तानको निर्यात एक अर्ब डलरभन्दा बढी पुगेको थियो। 

प्रकाशित: Jul 28, 2022| 05:00 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।