बुधबार, फागुन २०, २०८२

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि

दक्षिण कोरियाले कोभिड–१९ सङ्क्रमण दर बढेको र पछिल्लो २४ घण्टाको अवधिमा थप एक लाख २८५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको जनाएको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

kumari

सिओल- दक्षिण कोरियाले कोभिड–१९ सङ्क्रमण दर बढेको र पछिल्लो २४ घण्टाको अवधिमा थप एक लाख २८५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको जनाएको छ। यससँगै यहाँ अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको कूल संख्या एक करोड ९४ लाख ४६ हजार ९४६ पुगेको स्वास्थ्य अधिकारीहरूले बुधबार बताए। 

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) अनुसार दैनिक सङ्क्रमण भार अघिल्लो दिन ९९ हजार ३२७ रहेकोमा यो सङ्ख्यामा वृद्धि भई एक लाख २८५ पुगेको छ। एक हप्ताअघि यो सङ्ख्या ७६ हजारभन्दा बढी थियो। गत हप्ता पुष्टि गरिएका घटनाहरूको दैनिक औसत संख्या ७२ हजार ७३५ रहेको थियो।

नयाँ सङ्क्रमितमध्ये विदेशबाट आएका ५३२ जनामा सङ्क्रमण देखिएको बताइएको छ। यहाँ गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनभन्दा नौ जना बढेको र कूल १७७ पुगेको छ।  पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा थप २५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। योसँगै यहाँ कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ९३२ पुगेको छ भने अहिलेसम्म मृत्युदर ०.१३ प्रतिशत रहेको छ।   

प्रकाशित: Jul 28, 2022| 05:30 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।