बुधबार, फागुन २०, २०८२

श्रीलंकाको संकटकालीन अवस्थाको घोषणा संसद्‌बाट अनुमोदन

सार्वजनिक सुरक्षाको हितका लागि सार्वजनिक सुरक्षा अध्यादेश, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनरक्षा ऐनअन्तर्गत जुलाई १८ देखि लागू हुने गरी आपत्कालीन अवस्थाको घोषणा कार्यवाहक राष्ट्रपति रहेका समय वर्तमान राष्ट्रपति विक्रमासिङ्घेले गरेका थिए।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

कोलम्बो- श्रीलंकाको संसद्ले जुलाईको सुरुतिर तत्कालीन कार्यबाहक राष्ट्रपति रनिल विक्रेमासिङ्घेद्वारा घोषणा गरेको अनिश्चितकालका लागि संकटकालीन अवस्थाको घोषणालाई अनुमोदन गरेको छ। 

बुधबार भएको मतदानमा एक सय २० सांसद्ले संकटकाल अनुमोदनको पक्षमा र ६३ जनाले विपक्षमा मतदान गरेका छन्। 

सार्वजनिक सुरक्षाको हितका लागि सार्वजनिक सुरक्षा अध्यादेश, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनरक्षा ऐनअन्तर्गत जुलाई १८ देखि लागू हुने गरी आपत्कालीन अवस्थाको घोषणा कार्यवाहक राष्ट्रपति रहेका समय वर्तमान राष्ट्रपति विक्रमासिङ्घेले गरेका थिए।

उक्त घोषणा भएको १४ दिनभित्र संसद्को अनुमोदन प्राप्त नभएमा कानुनी प्रावधानअनुसार त्यसको म्याद समाप्त हुने श्रीलंकाको कानुनी प्रावधान रहेको छ। विक्रमासिङ्घे २० जुलाईमा भएको संसदीय मतदानबाट श्रीलंकाको कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसको एक दिनपछि उनले शपथ लिएका थिए। 

प्रकाशित: Jul 28, 2022| 04:30 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।