बुधबार, फागुन २०, २०८२

फिलिपिन्समा शक्तिशाली भूकम्प

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजीएसले फिलिपिन्समा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ। देशको सबैभन्दा बढी जनसंख्या भएको टापु उत्तरी लुजोनमा बिहान ८:४३ मा भूकम्प गएको हो।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

मनिला- उत्तरी फिलिपिन्समा बुधबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ। भूकम्पमा परी कम्तीमा ६० जना घाइते भएका त्यहाँको गृह मन्त्रालयले जानकरी दिएको छ। मन्त्रालयका अनुसार अब्रा र बेन्गुएटमा दुई-दुई जनाको मृत्यु भएको हो।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजीएसले फिलिपिन्समा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ। देशको सबैभन्दा बढी जनसंख्या भएको टापु उत्तरी लुजोनमा बिहान ८:४३ मा भूकम्प गएको हो। 

भूकम्पको केन्द्रबिन्दु अब्रा प्रान्तको डोलोरेसको सानो सहरबाट करिब १३ किलोमिटर (८ माइल) दक्षिणपूर्वमा भूमिको सतहभन्दा १० किलोमिटर (६.२ माइल) गहिराइमा रहेको बताइएको छ। 

मन्त्रालयले ५८ स्थानमा पहिरो गएको र १५ प्रदेशका २ सय १८ सहर भूकम्पबाट प्रभावित भएको जानकारी दिएको छ। अब्रामा तीनवटा पुल भत्किएका छन्।

क्षतिको विवरण  प्राप्त हुने क्रम जारी रहेको बताइएको छ। 

kumari

प्रकाशित: Jul 27, 2022| 21:38 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।