बिहीबार, साउन ७, २०८३

रियलका युवा मिडफिल्डर मार्टिन लोनमा विटासे अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इंग्ल्यान्ड- रियल मड्रिडले आफ्ना युवा मिडफिल्डर मार्टिन ओडेगार्डलाई लोनमा डच साइड पठाएको छ। 

रियलले मार्टिनलाई लोनमा विटासे अर्न्हेम क्लबमा लोनमा पठाएको हो। लोनमा विटासे जान मार्टिन खुशी रहेको बताइएको छ। १९ बर्षीय मार्टिन तीन बर्ष पहिले स्ट्रोमस्गोडसेडबाट रियलमा अनुबन्ध भएकन थिए। त्यती बेला उनी १५ बर्षका थिए । १५ बर्षको उमेरमा उनले सिनियर क्लबमा एक सफलताका सथ भित्रियका थिए।

मार्टिनले स्पेनिस सिनियर टिमबाट दुई खेल मात्र खेलेका छन्। उनी यसअघि १८ महिनाका लागि हेरेनवनमा पठाएको थियो। 

विटासले आफ्नो क्लबबाट एक युवा खेलाडीले आफुमा भएको प्रतिभा देखाउन पाउने मौका भएको बताएको छ। 

यो मौकाका लागि धेरै खुशी छु की विटासले यो अवसर दिएको छ मार्टिनले भने। विटासलाई पुर्व हुल सिटी प्रबन्धक लियोनिद स्लुटस्कीले व्यबस्थापन गरिरहेका छन्। मार्टिनले अहिले सम्म आफ्नो फुटबल करियरमा १३२ खेल खेल्दै १४ गोल गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।