आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा पैसा लुटेर भाग्दाभाग्दै प्रहरीको फन्दामा

काठमाडौंमा पैसा लुटेर भाग्दाभाग्दै प्रहरीको फन्दामा

सर्लाही हरिहरपुर नगरपालिका-९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटरे भागिरहेको अवस्थामा बुधबार बिहान उनीहरू पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिका-३१ शान्तिनगर तरकारी बजारको गल्लीमा पैसा लुटेर भागिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्। सर्लाही हरिहरपुर नगरपालिका-९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटरे भागिरहेको अवस्थामा बुधबार बिहान उनीहरू पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ पर्नेहरुमा ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भएका २८ वर्षीय दिनेश थापा र ललितपुर ईमाडोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका २६ वर्षीय विक्रम तामाङ रहेका छन्। 

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबबाट फर्किएका ती पुरुष बसमा एयरपोर्टदेखि ललितपुर एकान्तकुनासम्म जाने क्रममा रहेका थिए। सोही बसमा सवार अपरिचित ५ जनाको समूहले नगद लुटपाट गरी तीनकुने गैरीगाउँमा झरेर भागे। भाग्ने क्रममा नै प्रहरीले उनीहरूलाई दुई जनालाई पक्राउ गर्न सफल भएको हो। प्रहरीले ती दुई जनाको साथबाट लुटिएको नगदसमेत बरामद गरेको छ। 

हाल फरार घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Jul 27, 2022| 19:23 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।