शनिबार, असार ६, २०८३

हलो क्रान्तिले समाज परिवर्तनमा योगदान : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान गरेको बताएका छन्। हलो क्रान्ति सुरूवात भएको स्थल, लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ दुराडाँडा बाटेगरा पुगेर बुधबार नेता पौडेलले हलो क्रान्तिले सामाजिक र राजनीतिक परिवर्तनमा योगदान गरेको बताए।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान गरेको बताएका छन्। हलो क्रान्ति सुरूवात भएको स्थल, लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ दुराडाँडा बाटेगरा पुगेर बुधबार नेता पौडेलले हलो क्रान्तिले सामाजिक र राजनीतिक परिवर्तनमा योगदान गरेको बताए।

National life

दुराडाँडाका तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, हरिभक्त पौडेललगायतले हलो क्रान्ति सुरूवात गरेका थिए। वि.सं. २००४ देखि नै यो अभियान सुरू भए पनि अनौ समातेर हलो जोत्ने काम भने २००६ साउन ११ मा भएको मानिन्छ। त्यसबेला शेषकान्तले आफ्नो खेतमा अनौ समाएर हलो जोतेका थिए।

लमजुङ हुँदै हलो क्रान्ति कास्की, गोरखा, तनहुँमा समेत पुगेको थियो। त्यसबेला हलो क्रान्तिले राणा शासनको विरोधसमेत गरेको थियो। हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले बुधबार दुराडाँडामा गरेको कार्यक्रममा बोल्दै पौडेलले चेतनशील यस ठाउँको विकास निर्माणमा सरकारले ध्यान पुर्‍याउन नसकेको बताए।

'समाज परिवर्तनका लागि त्यसबेला यहाँ हलो क्रान्ति भएको थियो। यहाँ हलो जोतेपछि त्यसले नेपालका धेरै जिल्लामा हलचल ल्यायो,’ पौडेलले भने, 'समाज सुधार गर्न र सामन्तवादविरूद्ध लड्ने त्यसबेला तोयानाथहरू थिए। भलै उनीहरू कांग्रेस थिए। तर यो कांग्रेसको मात्र अभियान भने थिएन।’

हलो क्रान्तिलाई सुरूमा कांग्रेसले केन्द्रीय कार्यक्रम नबनाएको र पछि मात्रै आत्मसाथ गर्दै यो अभियानलाई निरन्तरता दिन खोजेको देखिएको उनी बताउँछन्। 'हलो क्रान्ति प्रभावकारी बन्दै गएपछि कांग्रेसले देशभर सञ्चालन गरेको थियो। यो क्रान्ति राणाविरोधी आन्दोलन पनि थियो,’ पौडेलले भने, 'यसले राजनीतिक र सामाजिक परिवर्तनमा ठूलो योगदान गरेको छ।’

Shivam cement

हलो क्रान्ति भएको ठाउँको प्रचार हुन नसकेको पनि उनले बताए। यहाँको विकासका लागि प्रचार तथा दवाव सिर्जना गर्न उनले स्थानीयलाई पनि आग्रह गरेका थिए। 'गुरूयोजना बनाई यस ठाउँको विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारले काम गर्नुपर्दछ,’ उनले भने, 'स्थानीयस्तरबाट पनि हलो क्रान्तिका महत्वपूर्ण घटना समेटेर एउटा 'डकुमेन्ट’ तयार गर्नुपर्दछ।’

लमजुङकै नेता पृथ्वीसुब्बा गुरूङ गण्डकी प्रदेशमा यसअघि मुख्यमन्त्री भए पनि हलो क्रान्ति सुरू भएको ठाउँको विकासमा ध्यान नपुर्‍याएको उनले बताए। 'मैले उहाँलाई आक्षेप लगाउन खोजेको त होइन तर यस ठाउँको विकास गर्न यहीँका नेताले पहल गर्नुपर्ने हो,’ उनले भने, 'यहाँको महत्व सबैभन्दा बढी यहीँका नेताले बुझेको हुनुपर्ने!’

समुदायमा रहेका विभेदलाई हलो क्रान्तिले हल गरेको पनि उनले बताए। यसैबीच पौडेलले हलो क्रान्तिका अभियन्ताहरूको स्मरणमा बनाइएको नामावली स्तम्भको पनि उद्घाटन गरेका छन्।


प्रकाशित: Jul 27, 2022| 19:00 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...