काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु उपचारका लागि भारत पुगेका बेला नेता चौथाइवालेसँग भेट गरेकी हन्।
चौथाइवालेले बुधबार सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै राणासँगको भेट सार्वजनिक गरेका हुन्। उनले ६ महिनापछि दिल्लीमा आरजुलाई भेट्दा खुसी लागेको कुरा व्यक्त गरेका छन्।
उनीहरूबीच के विषयमा कुराकानी भयो भन्ने चाहिँ खुलाइएको छैन। डा आरजुको केही दिनअघि म्याक्स अस्पतालमा शल्यक्रिया भएको थियो।