सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भिजिट भिसामा विदेश गएकालाई रोजगारीको प्रलोभनमा नफस्न गृहको आग्रह

भिजिट भिसामा विदेश गएकालाई रोजगारीको प्रलोभनमा नफस्न गृहको आग्रह

भिजिट भिसा बनाएर विदेश जाने नेपालीलाई सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न गृहले गरायो सचेत।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं– गृह मन्त्रालयले भिजिट भिसा प्रयोग गरी विदेश गएका नेपालीलाई रोजगारीको प्रलोभनमा नपर्न आग्रह गरेको छ। बुधबार गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै भिजिट भिसा बनाएर विदेश जाने नेपालीलाई सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आग्रह गरेका हुन्। 

National life

‘भिजिट भिसामा विदेशमा जानेले पर्यटकको रूपमा मात्र प्रयोग गर्न र त्यहाँ गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न मन्त्रालय सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

नेपाली नागरिक भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुनेलगायत विभिन्न कठिनाइ भोगिरहेका गुनासा आएको मन्त्रालयले बताएको छ। भिजिट भिसामा विदेश गएर काम गर्नेहरू अलपत्र पर्ने क्रम बढिरहेको मन्त्रालयको भनाइ छ। 

यसरी समस्यामा परेका मानिसको उद्धार गरी फिर्ता ल्याउनुपर्ने अवस्थामा बिमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन कानुनी आधार नहुने हुँदा झनै समस्या हुने मन्त्रालयले बताएको छ। विदेशमा रोजगारीका लागि जाँदा सम्बन्धित निकायबाट कानुनबमोजिम श्रम स्वीकृतलगायत प्रक्रिया पूरा गरेर मात्रै जान मन्त्रालयले सुझाएको छ।

प्रकाशित: Jul 27, 2022| 15:52 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।