सोमबार, जेठ ४, २०८३

काठमाडौं महानगरमा थपिँदै डेढ सय बढी नगर प्रहरी

महानगरले १६४ जना नगर प्रहरी करारमा लिने निर्णय गरेको हो।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

National life

काठमाडौं– काठमाडौं महानगरले डेढ सयभन्दा बढी नगर प्रहरी नियुक्त गर्ने भएको छ। महानगरले १६४ जना नगर प्रहरी करारमा लिने निर्णय गरेको हो। अहिले महानगरसँग १७० जना मात्रै नगर प्रहरी छन्।

फुटपाथ अतिक्रमण नियन्त्रण र सहरी व्यवस्थापनमा हालको जनशक्ति पर्याप्त नभएको निष्कर्ष नगर प्रहरीले निकालेको थियो। सोही आधारमा महानगरले जनशक्ति थप्ने तयारी गरेको हो। करार सेवा वा सेवा करार प्रणालीबाट नगरी प्रहरी राख्ने भन्ने निर्णय भने भइनसकेको महानगरका सहायक प्रवक्ता महेश काफ्लेले बताए। 

‘करार सेवामा लिँदा योग्यता तोकेर महानगरले सूचना निकाल्छ,’ उनले भने, ‘सेवा करार गर्दा महानगरले तोकेको योग्यताअनुसारका जशनक्ति उपलब्ध गराउने गरी आउटसोर्सिङ कम्पनी छान्न टेन्डर गर्छौं,’ उनले भने। सडक पेटी अतिक्रमण नियन्त्रणसँगै सरसफाइ, ट्राफिक व्यवस्थापन, प्रदूषण नियन्त्रण, पार्किङ स्थल व्यवस्थापनलगायतका काममा नगर प्रहरी खटिँदै आएका छन्।

प्रकाशित: Jul 27, 2022| 15:13 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।