काठमाडौं– तत्कालीन केपी ओली सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामाथिको सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइ फेरि स्थगित भएको छ। विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानुन व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो।
मुद्दामाथि सुनुवाइ सुरु हुनासाथ विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानुन व्यवसायीले संवैधानिक निकायलाई पनि विपक्षी बनाउनुपर्ने र तिनबाट लिखित जवाफ आउनुपर्ने माग गरेका थिए।
संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा संयुक्त इजलासमा रहेकाले तिनलाई पनि संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग उनीहरुले राखे। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको नेतृत्व गरी यी मुद्दा सुनुवाइ गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेका थिए। त्यसपछि सुनुवाइ स्थगित भएको हो।