बिहीबार, असोज २२, २०८३

पद बहालीपछि बोर्ड अध्यक्ष केसीले भने– चलचित्रको विकासका लागि सहिद हुन तयार छु

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा टेवा पुर्याउन विदेशी फिल्मको नियन्त्रण गर्नुपर्ने बताएका छन्।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं– चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा टेवा पुर्याउन विदेशी फिल्मको नियन्त्रण गर्नुपर्ने बताएका छन्। नेपाली सिनेमालाई उकास्न पहिला विदेशी फिल्मलाई नियन्त्रण गर्नुपर्ने अभिव्यक्ति यसअघि पनि उनले दिँदै आएका थिए।

बुधबार पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उनले अलिकति आक्रामक हुँदै भने, ‘म फिल्म क्षेत्रको विकासका लागि सहिद हुन समेत तयार छु। मेरो तन, मन, धन र मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्रकर्मीको उत्थान र विकासको लागि हो। यदि म एक जना भिक्टिम भएर, म एक जना सहिद भएर मेरो चलचित्र क्षेत्र, मेरो कलाकारिता क्षेत्र, मेरो कलाकार–प्राविधिक साथी, मेरो देश भाषा र संस्कृति क्षेत्रको राम्रो हुन्छ भनेदेखि बरू म सहिद हुन तयार छु। र जहाँ जान पनि तयार छु चलचित्र क्षेत्रको लागि।’

केसीले पदभार ग्रहणपछि पहिलो काम चलचित्रकर्मीको सुझाव संकलन गरेर योजना बनाउने बताएका छन्। 

प्रकाशित: Jul 27, 2022| 13:40 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।