शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

साफ च्याम्पियनसिप : श्रीलंकासँगको परीक्षामा नेपाली युवा टोली

माल्दिभ्सलाई हराउँदै फुटबल प्रशंसकको मुहारमा खुसी ल्याइदिएका युवा खेलाडीमाथि नतिजालाई निरन्तरता दिनैपर्ने दबाब छ।
 |  बुधबार, साउन ११, २०७९
nespernesper

शिशिर बस्नेत

शिशिर बस्नेत

बुधबार, साउन ११, २०७९

काठमाडौं– नेपाली युवा टोलीले भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा सोमबार शानदार सुरुआत गर्‍यो। व्यस्त बनेका नेपाली मिडफिल्डर र फर्वाडले माल्दिभ्सको गोल पोस्टमा चार गोलको वर्षा गरे। खेलको अधिकांश समय माल्दिभ्सविरुद्ध हावी भएको नेपाली टोलीले खेलको पहिलो हाफमै दीपेश गुरुङको गोलमा अग्रता लियो।

himalayan bank box

त्यसपछि दोस्रो हाफमा झन् आक्रामक र उत्कृष्ट बनेको नेपालले सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीको गोलमा जित सुनिश्चित गर्दै साफको तालिकामा सुखद् तीन अंक बटुल्यो। प्रतियोगितामा तीन अंकको ठूलो महत्त्व छ किनकि प्रतियोगितामा पाँच टोली मात्रै छन् र तालिकाको शीर्ष दुईमा रहने टोलीले सीधै फाइनल खेल्नेछ। सोही कारण नेपाल प्रतियोगिताका सबै खेलमा तीन अंक जोड्दै फाइनल खेल्ने लक्ष्यमा छ।

टिमप्रति विश्वस्त रहेका नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले खेलमा मज्जाले मनोरञ्जन गरे। ‘हामीलाई अन्य टोली कस्ता छन्, केही थाहा छैन तर एउटा कुरा के थाहा छ भने हामी साफ जित्छांै,’ उनले भने। हुन पनि आत्मविश्वासी केसीले पहिलो खेल नै विशेष बनाइदिए। राम्रो खेलको ग्यारेन्टी दिने बताउँदै आएका उनले पहिलो पाइला सुखद् चालेका छन्।

टिमको प्रदर्शनपछि उत्साहित हुँदै प्रशिक्षक केसीले लामो समयपछिको प्रतियोगिताको सुरुआत कस्तो हुन्छ होला भन्ने कूतुहल रहेको तर टिमले धेरै राम्रो प्रदर्शन गरेकामा खुसी लागेको बताए। ‘हामीले यसको तयारीमा धेरै मिहिनेत गरेका थियौं र सोहीअनुसार धेरै राम्रो खेल्यौं। कडा मिहिनेत गरेर जित्यौं। माल्दिभ्सले पनि धेरै राम्रो खेलेको हो तर हामीले अझ धेरै मिहिनेत गरेका थियौ,’ केसीले भने। पहिलो खेलमा भन्दा अझै धेरै सुधार गरेर दोस्रो खेल खेल्ने उनले बताए।

पहिलो खेल नै जितेपछि नेपाल शीर्ष दुईमा रहँदै फाइनल पुग्ने सम्भावना उच्च भएको छ। तर प्रशिक्षक केसीले फाइनलभन्दा पनि बाँकी अन्य खेलमा ध्यान दिनुपर्नेमा जोड दिए। ‘हामी यहाँ उपाधिका लागि आएका हौं। अहिले फाइनलभन्दा अर्को खेलमा केन्द्रित छौं। फाइनल अझै टाढा छ,’ केसीले भने। पहिलो खेलमै फराकिलो जितपछि आगामी खेलमा ऊर्जा थपेको र टिमलाई थप प्रेरणा मिलेको उनको भनाइ छ।

युवा टोलीको परीक्षा

Metro Mart
vianet

देशभरबाटै खुला प्रतिस्पर्धाबाट खेलाडीको छनोट भयो। यसमध्ये कमै मात्र त्यस्ता खेलाडी थिए, जसले यसअघि ठूला (ए डिभिजनका लिग तथा कप र अन्तर्राष्ट्रिय खेल) जस्ता प्रतियोगिता खेलेका छन्। टोलीमा केही खेलाडी यस्ता छन्, जसले पहिलो पटक रंगशालामा पाइला टेकेका हुन्। तर पहिलो पटक रंगशालामा पाइला राखे पनि उनीहरू कडा मिहिनेत गर्दै देशको प्रतिनिधित्व गर्ने सामर्थ्य राख्छन्।

खेलाडी छनोट गर्दा शौभाग्यवश नेपालले कप्तान पनि अनुभवी पाएको छ। कप्तान आयुष घलान टोलीमा सबैभन्दा अनुभवी खेलाडी हुन्, जसले गर्दा टिमलाई केही राहत मिलेको छ। टिम अत्यन्तै फ्रेस छ, अधिकांश खेलाडीको मुहार पहिलो पटक दर्शकमाझ देखिँदै छ। यसले गर्दा अहिले नेपाली युवा टोलीको परीक्षा भइरहेको छ। सिंगो राष्ट्र अहिले यो टिमको भरोसामा छ, जसले गर्दा खेलाडीमाझ जिम्मेवारी थपिएको छ। माल्दिभ्सलाई हराउँदै समर्थकको मुहारमा नयाँ आशा जगाएका युवा टोलीमाथि उक्त नतिजालाई निरन्तरता दिन दबाब छ।

पहिलो खेलमा शानदार सुरुआत गरेको नेपालले बिहीबार श्रीलंकाविरुद्ध खेल्दै छ। पहिलो जितसँगै नेपाली टोलीको मनोबल उच्च छ। उनीहरू यसलाई निरन्तरता दिने विषयमा पनि सकारात्मक देखिएका छन्। तर श्रीलंकाको अवस्था फरक तथा जटिल छ। नेपाल पहिलो खेलमा पाएको जितले धेरै प्रेरित भइसकेको छ। श्रीलंकाको भने पहिलो खेल सुखद् हुन सकेन। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो।

यसले गर्दा उसलाई अबको बाँकी खेल जित्नैपर्ने दबाब छ। प्रतियोगितामा बलियो देखिएको नेपालविरुद्ध उसलाई जित निकाल्न त्यति सहज भने पक्कै हुने छैन। नेपाललाई भने पहिलो खेलमै पराजित भएर मनोबल न्यून बनाएको श्रीलंकासँग खेल्न सहज हुन सक्छ। साथै, नेपालले श्रीलंकाविरुद्ध उसको कमजोरीको मौकाको फाइदा उठाउने अवसर पनि छ। श्रीलंका प्रतियोगितामा कमजोर देखिएको छ। उसले बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गर्दै जित निकाल्न सकेन। श्रीलंका अंकविहीन रहँदै तालिकामा अंक जोड्ने प्रयासमा हुनेछ। नेपाल अर्को तीन अंक थप गर्दै फाइनलको सम्भावना पक्का बनाउने लक्ष्यमा छ।

बिहीबार श्रीलंकासँग खेलिसकेपछि नेपालले तेस्रो खेल भारतसँग जुलाई ३१ मा खेल्नेछ। लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउन्ड रोविन लिगका  आधारमा हुने खेल तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ।

नेपाली टोली

गोलरक्षकः ईश्वर गुरुङ, युनेश चौधरी र जियारथ शेख
डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा
मिडफिल्डरः दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान
फर्वाडः रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी

प्रकाशित: Jul 27, 2022| 09:26 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।