बिहीबार, साउन ७, २०८३

इंग्ल्यान्डका पूर्वकप्तान बेकह्यामलाई युईएफएको सम्मान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इंग्ल्यान्ड- इंग्ल्यान्डका पूर्वकप्तान डेविड बेकह्याम युईएफएको प्रेसिडेन्टस अवार्डबाट सम्मानित हुने भएका छन्। उनी फुटबललाई दिएको योगदान र फुटबलको प्रबर्दधनमा संसारको सबै कुनाबाट लागेको भन्दै युईएफएले यस्तो सम्मान गर्न लागेको हो। 

फुटबलमा अत्यधिक सफलता हासिल गरेका र व्यक्तिगत रुपमा पनि पृथक पहिचान बनाएका व्यक्तित्वलाई यो सम्मान प्रदान गरिंदै आएको छ। यसअघि योहान क्राएफ, बब्बी चार्लटन, फ्रान्ज बेकेन्बाउर, बब्बी रब्सन र पाओलो माल्डिनीले यो अवार्ड जितिसकेका छन्।

समाजसेवामा उत्तिकै सक्रिय बेकह्याम आधुनिक युगका सच्चा नायक भएको युईएफए अध्यक्ष एल्केजेन्डर सेफेरिनले बताएका छन्। खेल जीवनमा म्यानचेस्टर युनाइटेड, एलए ग्यालेक्सी, रियल म्याड्रिड, एसी मिलान र पेरिस सेन्ट जर्मेनबाट २० वर्ष व्यवसायिक फुटबल खेलेका उनले त्यसयता पनि फुटबल वरपर रहेर विभिन्न कार्यक्रम गर्दै आएका छन्।
 
इंग्लिस राष्ट्रिय टोलीका लागि १ सय १५ खेल खेलेका बेकह्यामले १० लिग उपाधिसहित क्लब फुटबलमा १९ उपाधि जितेका छन्। हाल मेजर लिग सकरको मायमी टोलीको मालिक समेत रहेका बेकह्यामले यो अवार्ड जितेर दिग्गज खेलाडीको सूचीमा पर्नु निकै विशेष रहेको बताएका छन्। उनलाई वर्षको अन्त्यमा मोनाकोमा हुने कार्यक्रममा सम्मान प्रदान गरिनेछ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।