शनिबार, असार ६, २०८३

भारतमा उपचार गरेर फर्केका प्रदीप गिरि मेडिसिटी अस्पताल भर्ना

रोग प्रतिरोधात्मक शक्ति घट्न नदिन उनलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- भारतमा क्यान्सरको उपचार गरी स्वदेश फर्किएका नेपाली कांग्रेसका नेता प्रदीप गिरि मेडिसिटी अस्पताल भर्ना भएका छन्। भारतको नयाँदिल्ली र बम्बई सहरमा उपचार गरी आइतबार स्वदेश फर्केका गिरी मेडिसिटी भर्ना भएका हुन्। 

National life

रोग प्रतिरोधात्मक शक्ति घट्न नदिन उनलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

पञ्चायती व्यवस्था विरुद्धको लडाईंबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका प्रदीपका धारणाले सञ्चारमाध्यममा प्राथमिकता पाउने गरेका छन्। उनका राजनीतिक प्रवचन सदनदेखि समारोहसम्म आकर्षणको विषय बन्ने गर्छ। पूर्वीय दर्शन, मार्क्सवाद र समाजवादमा दख्खल राख्ने गिरि लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका छन्।

अग्रज पत्रकार किशोर नेपालले गिरिको स्वास्थ्य लाभको कामना गरेका छन्। यस्तै राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले पनि गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

प्रकाशित: Jul 26, 2022| 22:05 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...