आइतबार, साउन २४, २०८३

संसदीय समितिले प्रष्ट रूपमा बुझेन सीसीटीभी फुटेज

प्रहरीको फरेन्सिक ल्याबले फुटेज रिकभर गरी समितिलाई हस्तान्तरण गरे पनि समितिले भने उक्त फुटेजमा सबै कुरा प्रष्ट रूपमा नबुझिएको बताएको हो।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- चालु आर्थिक वर्षको बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिचौलियालाई संलग्न गराएको आरोपमाथि छानबिन गर्न गठित संसदीय समितिले सीसीटीभी फुटेज प्राप्त गरेपनि सबै विवरण प्रष्टसँग बुझ्न नसकेको पाइएको छ। प्रहरीको फरेन्सिक ल्याबले फुटेज रिकभर गरी समितिलाई हस्तान्तरण गरे पनि समितिले भने उक्त फुटेजमा सबै कुरा प्रष्ट रूपमा नबुझिएको बताएको हो। 

मंगलबार समितिले विज्ञहरूलाई बोलाएर छलफल गरेको थियो। सीसीटीभीबाट डिलिट भएको १४ जेठ रातिको फुटेज रिकभर भए पनि यसका दृश्यहरू प्रस्ट नदेखिएपछि समितिले विज्ञहरू बोलाएको थियो। प्रस्ट नभएका कुराहरूमा विज्ञहरूले आफ्नो राय दिएको समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले बताए।

अर्यालका अनुसार बुधबार समितिको बैठक बसेर प्रतिवेदन लेख्न थालिने छ। सीसीटीभी फुटेज मात्र नभएर अनुसन्धानका अरू सबै माध्यमहरूका आधारमा निचोडमा पुगिने अर्यालले बताए।

समितिलाई सुरुमा १० दिनको म्याद दिइएकोमा पछि सात दिन थपिएको थियो। थपिएको म्याद गुज्रिन पनि अब दुई दिन मात्रै बाँकी छ।

प्रकाशित: Jul 26, 2022| 19:53 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...