काठमाडौं- सुनकोशी गाउँपालिकाले कुनै पनि अनियमितता नभएको स्पष्ट पारेको छ। यसअघि साउन १० गते अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक र नागरिक राष्ट्रिय दैनिकले 'स्थानिय तहमा मनपरी खर्च, जनप्रतिनिधिको दोहोरो सुविधा, कर्मचारीलाई थप भत्ता' शीर्षकमा छापिएका समाचारप्रति आपत्ति जनाउँदै गाउँपालिकाले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारमा भनिएबमोजिम पैसा हिनामिना नगरेको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, 'स्थानीय तहको पहिलो निर्वाचन पश्चात कार्यलयमा कुनै सवारी साधन नरहेको र दरबन्दी बमोजिम कर्मचारी नभएको समयमा कर्मचारीले अतिरिक्त काम गरेवापत र महालेखापरीक्षकको कार्यलय बाट सरकारी राजस्व खातामा जम्मा गरेको सक्कल समेत पेश गरेको छ।'