सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

 |  आइतबार, पुस २७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०८२

काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। पछिल्ला दुई दिनमा सुनको मूल्य बढ्दा चाँदीको भाउमा पनि बढोत्तरी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु दुई लाख ६७ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला रु दुई लाख ७० हजार ६ सय पुगेको छ। यस अवधिमा सुनको मूल्य प्रतितोला रु दुई हजार ८००ले वृद्धि भएको हो। 

त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। गत शुक्रबार प्रतितोला रु चार हजार ७८० मा कारोबार भएको एक तोला  चाँदीको मोल आज बढेर रु चार हजार ९९० कायम भएको छ। दुई दिनमा चाँदी प्रतितोला रु २१० ले महँगिएको हो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५२४ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jan 11, 2026| 12:56 आइतबार, पुस २७, २०८२
प्रतिक्रिया दिनुहोस्